अदालतको सम्मान गर्न राष्ट्रपतिको आग्रह
0
Shares

0

सोलः दक्षिण कोरियाका प्रधानमन्त्री वाङ च्यो आनले अदालतको आदेशको सबैले सम्मान गर्नुपर्ने बताएका छन् । उनले दक्षिण कोरियाको संवैधानिक अदालतले दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हायलाई शुक्रबार पदमुक्त गरिएको घटनाको सन्दर्भमा यस्तो धारणा राखेका हुन् ।

फैसला आउनुपूर्व शुक्रबार नै अदालतपरिसरमा दुईजनाको मृत्यु भएको थियो । उनीहरूले प्रदर्शन गरिरहेका थिए । अदालतबाहिर पार्कको समर्थनमा हजारौं नागरिकले प्रदर्शन गरेका थिए । उनीहरूले पार्क दोषी नभएकाले उनलाई कारबाही गर्न नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

संवैधानिक अदालतको आदेश दिएपछि वाङ च्यो आन नै कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेका छन् । आदेशको सम्मान सबैले गर्नुपर्ने उनको धारणा थियो । कार्यवाहक प्रधानन्यायाधीश ली जुङमीको इजलासबाट यस्तो फैसला आएको थियो ।

उनलाई पदमुक्त गरिएपछि प्रधानमन्त्री वाङ च्योले देशवासीका नाममा सम्बोधन गरेका थिए । उनले गरेको सम्बोधनको दक्षिण कोरियाली सरकारी रेडियो र टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेका थिए । उनलाई यसअघि नै दक्षिण कोरियाली संसद्ले महाभियोग पनि लगाएको थियो । शुक्रबार अदालतले पदमुक्तिको फैसला सुनाउँदा दक्षिण कोरियाका मुख्य सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

फैसलापछि च्यो आन दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति भएका छन् । उनले दक्षिण कोरियाका सबै राजनीतिक दल एवं पक्षहरूलाई अदालतको आदेशको पालना गर्न पनि आग्रह गरेका छन् । यो फैसलापछि पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नुपर्छ भने राष्ट्रपतिको अधिकार सबै नयाँ राष्ट्रपतिमा सरेको छ ।

दक्षिण कोरियाको राजनीतिक इतिहासमा अदालतको आदेशबाट पदमुक्त हुने उनी कोरियाली एक मात्र राष्ट्रपति हुन् । गत वर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो । राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । सन् २०१६ को डिसेम्बरमा कोरियाली संसद्ले पार्कविरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाइ मतमार्फत प्रस्ताव पास गरेको थियो ।

यसमा तपाईको मत