अफगानिस्तानको सैनिक अस्पतालमा आक्रमण तीनको मृत्यु
0
Shares

0

काबुलः अफगानिस्तानको सबैभन्दा ठुलो सैनिक अस्पतालमा बम आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् ।

काबुल मै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फ पनि दुई जना मारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । घटना बारे थप विवरण आउन बाँकी नै रहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँच जना तालिवानी लडाकुहरुको मृत्यु भएको छ ।

“डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँच जना तालिवानी लडाकुको मृत्यु भएको छ । उनीहरुसँग रहेको दुई सवारी साधन, इन्धन भण्डारण गर्ने भाडोलगायतमा क्षति पुगेको जिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीलाई उद्धृत गर्दै सिन्ह्वाले जानकारी गराएको छ ।

यसमा तपाईको मत