आईएसबाट मुक्त ठाउँमा गरिबी बढ्यो
0
Shares

0

दमासकस : सिरियाली सैनिकले जोर्डनको सिमानामा रहेको दक्षिणी स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिएको बिहीबार जानकारी दिएको छ । दक्षिण सिरियाको ग्रामीण इलाकामा रहेको स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिइएको आधिकारिक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ । सिरियाली सुरक्षाबलले स्वेइदास्थित सम्पूर्ण सीमा इलाका र यहाँ रहेका प्रहरी चौकी पनि कब्जा गरेको नाम नबताउने शर्तमा उक्त समाचार स्रोतले जानकारी दिएको छ । स्वेइदाको जोर्डनसँगको सीमा इलाकामा औपचारिक रूपमा सरकारको उपस्थिति रहेको थिएन । तर दक्षिणमा पर्ने दराआ क्षेत्रमा सीमा पार गर्नका लागि औपचारिकता पूरा गर्नुपर्ने प्रावधान छ ।

त्यसैकारण सिरियामा जारी युद्धका क्रममा देशको ग्रामीण क्षेत्रमा पर्ने स्वेइदा जोर्डन जाने गैरकानुनी बाटोको रूपमा प्रयोग हँुदै आएको छ । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको छ । आतंककारी समूह इस्लामिक स्टेट (आईएस) र अल कायदा जस्ता समूह समेत हाल सिरियामा हाबी हुँदै आएका छन् । आईएस समूहले सिरियाका कैयौँ प्रान्त र इलाका कब्जा गरेका छन् । यद्यपि यीमध्येका इलाकालाई कैयौँ स्थानमा नियन्त्रणमा लिन सिरियाली सैनिक सफल भएको छ । सन् २०११ बाट हालसम्म जारी यस द्वन्द्वमा सिरियामा ३ लाख २० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका र लाखौँ आफ्नै देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

स्वेइदा सिरियाली सेनाको कब्जामा

इस्लामिक स्टेट (आईएस) लडाकुहरूको नियन्त्रणबाट मुक्त भएका इराकका केही प्रमुख सहरहरूमा मुक्त भएपछि गरिबी बढेको पाइएको छ । ती ठाउँमा ४५ प्रतिशतसम्म गरिबी बढेको एक सांसदले बिहीबार जानकारी दिएको सिन्ह्वाले उल्लेख गरेको छ । योजना र अन्तर्राष्ट्रिय संगठन मन्त्रालयले गरेको पछिल्लो ताजा सर्वेक्षणका क्रममा गत दुई वर्षको अवधिमा २० देखि ४५ प्रतिशतसम्म गरिबी बढेको देखिएको छ ।

गरिबी निवारण राष्ट्रिय समितिका सदस्य नुरा अल बेचारीले यसरी गरिबी बढेको देखिएका प्रान्तहरूमा सलाहुद्दिन, दियाला, निनेभे, अन्बार र किर्कुक रहेको जानकारी दिएका छन् । तथ्यांकमा आन्तरिक विस्थापनमा परेका र विदेश बसाइसराइ भएकाहरूलाई भने समावेश नगरिएको पनि उनले स्पष्ट पारे । नियन्त्रण मुक्त भएका ठाउँमा लगातारको खाद्य असुरक्षा, रोजगारी गुमाउने, उपभोग्य बस्तुहरूको उच्च मूल्य लगायतका कारणले गरिबी बढेको बेचारीले स्पष्ट पारे ।

सर्वेक्षणमा समेटिएका ठाउँमा यो अवधिमा झण्डै तीस अर्ब अमेरिकी डलर बराबरको आम्दानी गुमेको पाइएको छ । पहिला गुमेको आम्दानीलाई पुनःपूर्ति गर्न धेरै गाह्रो हुने उनीहरूको भनाइ छ । ‘गरिबी बढ्दै गएका ठाउँहरूको अवस्था सुधारका लागि र अझ बढी क्षति हुन नदिनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ’, सांसद बेचारीले भने । सुरक्षाफौज र अन्तर्राष्ट्रिय सहयोगका कारण अहिले भने कैयौं विस्थापितहरू आफ्नै घरमा फर्किएका छन् । गत जुलाई १० मा प्रधानमन्त्री हैदर अल अबादीले मोसुललाई आईएस मुक्त क्षेत्रका रूपमा घोषणा गरेका थिए ।

यसमा तपाईको मत