आदित्यको नयाँ गीत
0
Shares

0

काठमाडौं : आदित्यनारायण झाले गाएको नेपाली आधुनिक गीत ‘फूल जस्तै’सार्वजनिक भएको छ। यसअघि थुप्रै नेपाली चलचित्रका गीत गाइसकेका आदित्यको यो पहिलो आधुनिक गीत हो। आदित्य नेपाली र भारतीय गीतसंगीत क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदितनारयण झाका छोरा हुन्।

मनी शर्माको शब्दमा शिखर सन्तोषको संगीत रहेको गीत ‘फूल जस्तै’को भिडियो पनि दर्शकमाझ आएको छ। सञ्जय बराल निर्देशित यस भिडियोमा पुष्पल खड्काका साथमा केकी अधिकारीले मोडलिङ गरेका छन्। फूलको जस्तो बास्ना लिएर एक पे्रमिका आफ्नो प्रेमीलाई भेट्न जाँदा कस्तो अनुभूति गर्छ भन्ने भाव समेटिएको गीतमा बुद्ध थापाको टिमले क्यामेरा चलाएका छन् भने राजीव समरले कोरियोग्राफी गरेका छन्।

यसमा तपाईको मत