उत्तर कोरियाली नेता किमले क्षेप्यास्त्र वैज्ञानिकसँग गरे रात्रिभोज
0
Shares

0

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन्।

उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले गर्व गर्नुपर्नेमा जोड दिएका छन्। उत्तर कोरियाली सञ्चारमाध्यमहरूले आइतबार यस्तो जानकारी दिएका हुन्।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको छ। उसले गत साता मात्र शक्तिशाली आणविक परीक्षण गरेको थियो। त्यो हाइड्रोजन बम मि िश्रत रहेको पुष्टि पनि भएको छ। उत्तर कोरियाली नेताले हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न क्षेप्यास्त्र वैज्ञानिकहरूसँग शनिबार रात्रिभोज गरेका छन्।

उनले ती वैज्ञानिकहरूलाई विशेष धन्यवाद पनि ज्ञापन गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन्। रात्रिभोजसँगै उनले क्षेप्यास्त्र विकासमा संलग्न वैज्ञानिकहरूलाई आगामी दिनमा थप हतियार विकासका लागि पनि निर्देशन दिएका थिए। उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएको बताइएको छ।

उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणबाट संसारमा खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रूपमा टिप्पणी भइरहेका छन्।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको उल्लेख गरेका छन्। विगतमा भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकाले पनि विश्वमा उत्तर कोरियाको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ। उत्तर कोरियाले यसअघि गरेको पाँचौंपटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणी गरिएको छ।

यसमा तपाईको मत