‘उत्तर कोरियाले संसारले नदेखेको विध्वंस सामना गर्नुपर्छ’
0
Shares

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई कडा चेतावनी दिएका छन् । उत्तर कोरियाले अमेरिकालाई धम्की दिने कार्य बन्द नगरेमा उसले संसारले अहिलेसम्म नदेखको विध्वंसको सामना गर्नुपर्ने धम्की ट्रम्ले दिएका छन् ।

अमेरिकी अखबार वाशिंटन पोस्टका अनुसार मंगलबार न्यूजर्सीको गोफ क्लबमा आयोजित एक बैठकको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दे ट्रम्पले उत्तर कोरियालाई यस्तो चेतावनी दिएका हुन् । उनले अमेरिकालाई निरन्तर रुपमा धम्की दिने कार्य बन्द गर्नुमा नै उत्तर कोरियाको भलाइ रहको बताए । उत्तर कोरियासँगको आणविक शक्तिबारे अमेरिकी खुफिया एजेन्सीले तयार पारेको रिपोर्टबारे वाशिंटन पोस्टमा प्रकाशित खबरमाथि टिप्पणी गर्ने क्रममा ट्रम्पले यस्तो धारणा व्यक्त गरेको वाशिंटन पोस्टले उल्लेख गरेको छ ।

अमेरिकी प्रतिरक्षा खुफिया एजेन्सीले तयार पारेको रिपोर्टको हवला दिँदै वाशिंटन पोस्टले प्रकाशन गरेको खबरमा उत्तर कोरियाले मिसाइलमा फिट गरी प्रहार गर्न मिल्ने साना परमाणु हतियारको निर्माण गरेको बताइएको छ । खुफिया एजेन्सीको रिपोर्टमा उत्तर कोरियासँग ६० भन्दा बढी आणविक हतियार रहेको र उसले द्रुत गतिमा आणविक हतियारको विकास गरिरहेको उल्लेख छ ।

गत महिना तयार पारेको खुफिया एजेन्सीको रिपोर्टमा अमेरिकाको मध्य भागसम्म प्रहार गर्न सक्ने अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल निमार्णमा प्योङयाङले निरन्तर सफलता प्राप्त गरिरहेको निष्कर्ष निकालेको वाशिंटन पोस्टले लेखेको छ । 

यसमा तपाईको मत