उत्तर कोरियाविरुद्ध एउटै मात्र काम गर्न बाँकी छ : डोनाल्ड ट्रम्प
0
Shares

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगका बर्षौदेखिका वार्ता र सम्झौता सार्थक नभएको भन्दै नयाँ चेतावनी दिएका छन्। ट्रम्पले उत्तरसँगको समस्या समाधान अब एक कामले मात्र गर्न सक्ने भन्दै यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा एक चिजले मात्र काम गर्ने उल्लेख गरे पनि त्यो चिज के हो भन्ने प्रष्ट पारेका छैनन्।

 

‘राष्ट्रपति तथा प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेका छन् तर त्यसले नतिजा निकालेको छैन,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘माफ गर्नुहोस्, अब हामी उत्तर कोरियासँग कुनै सम्झौता गर्न असमर्थ छौँ। तर, एउटा मात्र काम गर्न बाँकी छ।’

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई लिएर दुई देशबीच चर्को वाकयुद्ध चलरिहेको छ। यही आरोप प्रत्यारोपका क्रममा ट्रम्पले उत्तर कोरियाविरुद्ध यस्तो चेतावनी दिएका हुन्।

उत्तर कोरिया र अमेरिकाबीचको विवादमा जापान, चीन, रसिया र दक्षिण कोरिया समेत प्रत्यक्ष रुपमा मुछिएका छन्। दुई देशले चेतावनी निरन्तर दिँदै आए पनि ट्रम्पको पछिल्लो अमूर्त चेतावनीले भने अन्तराष्ट्रिय सञ्चार माध्यमको ध्यान खिचेको छ।

यसमा तपाईको मत