उपप्रधानमन्त्री नियुक्त भएको दुई महिना नबित्दै दुर्घटनामा परी निधन
0
Shares

0

 

विसकेक : किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।

एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको हो ।

 

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए । उनीहरु दुबै जनाको दुर्घटना स्थलमा मृत्यु भएको हो ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
रासस/सिन्ह्वा

यसमा तपाईको मत