एचटीसीका नयाँ मोडल नेपालमा
0
Shares

0

काठमाडौं: नेपालका लागि एचटीसी स्मार्टफोनको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले एचटीसी डिजायर ६५०, एचटीसी डिजायर १० प्रो तथा एचटीसी यू ११ सार्वजनिक गरेको छ।

 

National College 220X220Pix Ad for Annapurna

कम्पनीले आफ्ना अघिल्ला उत्पादनबाट पाएको सफलतापछि बजारमा नयाँ उत्पादन सार्वजनिक गरेको छ। मिड रेन्जका स्मार्टफोनको रूपमा बजारमा आएका नयाँ मोडलका स्मार्टफोनसँगै कम्पनीले दसैंतिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले प्रत्येक एचटीसी फोनको खरिदमा चाँदीको सिक्का निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले बजारमा ल्याएको एचटीसी डिजायर ६५० सिरिज कम्पनीको पछिल्लो उत्पादन हो । यसमा नयाँ डिजाइन र सुविधा छन् । ५.० इन्चको आईपीएस एलसीडी क्यपासिटिभ टचस्क्रिन रहेको यस स्मार्टफोनमा क्वाड कोर १.६ गिगाहर्ज प्रोसेसर छ ।

३२ जीबीको रोम र तीन जीबीको र्‍याम रहेको फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ । झिक्न नमिल्ने ३००० एमएएचको ब्याट्री रहेको डिजायर ६५० मा जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरोमा तथा मार्समाल्लो अपरेटिङ सिस्टम छ । यसको नेपाली बजार मूल्य १७ हजार आठ सय रुपैयाँ छ ।

त्यस्तै कम्पनीले बजारमा ल्याएको एचटीसी डिजायर १० मा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ । चार जीबी र्‍याम रहेको फोनमा आन्तरिक स्टोरेज ६४ जीबी छ । २० मेगापिक्सेलको मुख्य क्यामरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको डिजायर १० मा ३००० एमएएचको ब्याट्री रहेको छ । फोनमा जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडीआर, पानोरोमा, फिंगर प्रिन्ट तथा एन्टी सेकजस्ता सुविधा छन् । यसको बजार मूल्य २९ हजार नौ सय छ।

कम्पनीले ५.५ इन्चको सुपर एलसीडी क्यापासिटिभ टच स्क्रिन डिस्प्ले रहेको एचटीसी यू ११ पनि बजारमा ल्याएको छ । अक्टाकोर प्रोसेसरयुक्त फोनमा ६ जीबीको र्‍याम र एक सय २८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । १६ मेगापिक्सेलको मुख्य क्यामरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिङ सिस्टममा आधारित छ।

३००० एमएएचको ब्याट्री रहेको फोनमा एचटीसी यू ११ नुगटको फिचर छ। यसमा स्न्यापड्रागन ८३५, जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडीआर र पानोरामा जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ। यी स्मार्टफोन निलो गोल्डेन ब्ल्याक, ब्ल्याक र रेड कलरमा बजारमा उपलब्ध छन्।

पोखरा फाइनान्सको लकर तथा कर्जामा छुट
काठमाडौं ः पोखरा फाइनान्स लिमिटेडले चाडपर्वलाई लक्ष्य गरी सीमित अवधिका लागि लकर सेवा तथा विभिन्न कर्जामा छुट गर्ने भएको छ । यो योजनाअन्तर्गत संस्थाले प्रवाह गर्ने कर्जामा सुलभ ब्याजका अलावा लकर सेवा शुल्कमा सुरु वर्षमा ५० प्रतिशत एवं कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट गरिने प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

संस्थाले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको पुँजी कायम गर्नका लागि हालै मात्र एफपीओ जारी गरेको र निकट भविष्यमा १५ प्रतिशत हकप्रद सेयर जारी गरी नेपाल राष्ट्र बैंक एवं आगामी साधारणसभासमेतको स्वीकृतिले आव २०७३÷७४ को मुनाफा वितरणबाट चुक्ता पुँजी ८० करोड पुग्ने उनले जानकारी दिए ।

यसमा तपाईको मत