एथ्लेटिको मड्रिडको सानदार जित, बार्सिलोना दबाबमा
0
Shares

0

काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत आइतबारको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लामाथि सानदार जित हात पारेको छ । अंक तालिकामो दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले सेभिल्लामाथि ५-२ को सानदार जित निकाल्दै उपाधि भिडन्तमा शीर्ष स्थानको बार्सिलोनामाथि दबाब बनाएको छ ।

सेभिल्लाको होम ग्राउण्डमा भएको खेलमा एथ्लेटिको मड्रिडको जितमा ग्रिजम्यानले ३ गोल गरे, डिएगो कोस्टा र कोकेले १-१ गोल गरे । २९ औं मिनेटमा कोस्टाको गोलबाट एथ्लेटिको मड्रिडले खेलमा अग्रता बनाएको थियो । ग्रिजम्यानले ४२ औं मिनेट गोल गरे भने पेनाल्टी मार्फत ५१ औं मिनेटमा गोल गरे ।

६५ औं मिनेटमा कोकेले गोल गरी टोलीलाई ४-० को अगता दिलाएको थिए । ८१ औं मिनेटमा ग्रिजम्यानले तेस्रो गोल गर्दासम्म एथ्लेटिको मड्रिड ५-० ले अगाडि रहेकोमा सेभिल्लाका लागि ८५ औं मिनेटमा पाब्लो सारावियाले र ८९ मिनेटमा नोलिटोले गोल गर्दा खेल ५-२ मा टुंगियो ।

ला लिगाको अर्काे खेलमा भ्यालेन्सियाले सान्टी मिनाको २ गोलको मद्दतमा रियल सोसिडाडमाथि २-१ को जित निकाल्यो । यथ्लेटिक विल्बाओले मालागामाथि २-१ र भिल्लारियलले गेटाफेमाथि १-१ को जित निकाले

आइतबारको खेलपछि दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडको २५ खेलबाट ५८ अंक पुगेको छ । समान खेलबाट शीर्ष स्थानमा बार्सिलोनाको ६५ अंक रहेको छ । समान खेलबाट ५१ अंक बनाएको रियल मड्रिड र ४९ अंक बनाएको भ्यालेन्सिया भने उपाधि दौडमा निकै परेका छन् ।

santi-mina



यसमा तपाईको मत