एसिया कप छनोटमा नेपालको सम्भावना सकियो : ताजकिस्तानसँग ३-० ले पराजित
0
Shares

0

काठमाडौं : नेपाल एएफसी एसिया कप छनोटअन्तर्गत मंगलबार जित्नै पर्ने बाध्यतामा खेलिएको खेलमा ताजकिस्तानसँग ३–० को पराजय बेहोरेको छ।पराजयसँगै सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसिया कप खेल्ने नेपालको सम्भावना पनि समाप्त बनेको छ। नेपाललाई त्यो सम्भावना जिवितै राख्न ताजकिस्तानलाई कुनै पनि अवस्थामा पराजित गर्नुपर्ने अवस्था थियो।

 

ताजकिस्तानविरुद्ध उसकै मैदानमा उत्रिएको नेपालले दुबै हाफमा एकएक पेनाल्टी गोल बेहो¥यो। सुरुवाती दुई पेनाल्टीमा रक्षक अनन्त तामाङ तथा तेस्रो पेनाल्टीमा अर्का रक्षक आदित्य चौधरीको गल्ती देखियो। ताजकिस्तानका खेलाडीले प्रहार गरेको बलले डी बक्स भित्र रहेका अनन्तको हातमा प्रहार गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै कप्तान दभरोनोभ नुरीद्धिीनले ताजकिस्तानलाई खेलको २० औं मिनेटमा १–० ले अघि बढाएका थिए।

पहिलो हाफमा १–० ले अघि रहेको ताजकिस्तान दोस्रो हाफमा थप दुई पेनाल्टी गोल बेहोर्दै ३–० को पराजय बेहोर्न पुग्यो। बल अघि बढाई रहेका बिपक्षी खेलाडीलाई अनन्तले नै फल प्रहार गरेपछि ताजकिस्तानले दोस्रो पेनाल्टी अवसर पाएको थियो। यस पटक पर्भिजले पेनाल्टी अवसर सदुपयोग गर्दै अग्रता २–० मा पु¥याए।

त्यसपछि अर्काे नेपाली रक्षक आदित्य चौधरीले बिपक्षीलाई डी बक्स भित्र खुट्टामा प्रहार गर्दा ताजकिस्तानले तेस्रो पेनाल्टी पाएको थियो। तेस्रो अवसरमा द्रालिलोभले गोल गर्दा नेपाल ३-० ले पराजित हुन पुग्यो।

ताजकिस्तानविरुद्ध गोलरक्षक किरण कुमार चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे। गोल पक्का देखिएको तीन भन्दा बढि प्रहारलाई उनै किरणले बिफल तुल्याईदिएका थिए।

नेपाल घरेलु मैदानमा एक महिनाअघि खेलिएको खेलमा ताजकिस्तानसँग २-१ गोलले पराजित भएको थियो। नेपाल सम्मिलित समूह ‘एफ’मा फिलिपिन्स, यमन र ताजकिस्तान छन्। समूहमा नेपालले चार वटा खेल खेलिसकेको छ। नेपालले यसअघिको तीन खेलमा एउटा पनि जित हात पार्न सकेको थिएन।

नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो। उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलले पराजित भएको थियो। गत जेठमा घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो।

समूहमा नेपाल अन्तिममा छ। एक अंक बनाएको नेपाललले तालिकामा एक अंक मात्र बनाएको छ। नेपालले अब अर्को खेल फिलिपिन्ससँग आगामी नोभेम्बर १४ मा घरेलु मैदानमा खेल्नेछ।

यमनसँगको अवे खेल आगामी वर्ष मार्च १८ मा खेलिनेछ। समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१८ मा युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने एसिया कपका लागि सीधै छनोट हुनेछन्।

यसमा तपाईको मत