एसीसी यू-१९: नेपालले थाइल्याण्डलार्इ दियो २८२ रनको लक्ष्य
0
Shares

0

काठमाडौं: एसीसी यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले थाइल्याण्डलार्इ २८२ रनको विजय लक्ष्य दिएको छ।

मलेसियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको हो। नेपालका लागि अनिलकुमार शाहले उत्कृष्ट पारी खेल्दै ९१ रन बनाए। ९ रनले शतक बनाउन चुकेका अनिलले ६ चौका र ५ छक्काको मदतमा ९१ रन बनाएका हुन्। उनले ७४ बलको सामना गरे।

 

प्रनित थापा मगरले पनि अर्धशतकीय योगदान गरे। उनले ६१ बलको सामना गर्दै तीन चौका र एक छक्कासहित ५० रन बनाए। उनले ३ चौका र एक छक्का प्रहार गरे।

कप्तान दिपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए भने सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे। अहिले थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ।

यसमा तपाईको मत