ओलीले सोमबार दिउँसो प्रधानमन्त्रीको सपथ लिने
0
Shares

0

सानो मन्त्रिमण्डल बनाउने तयारी
काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो एक बजे राष्ट्रपतिबाट पद तथ गोपनीयताको सपथ लिने भएका छन् ।

उनलाई दिउँसो एक बजे राष्ट्रपतिको कार्यालयमा संविधानको धारा ८० बमोजिम् राष्ट्रपति डा. रामवरण यादवबाट सपथ खुवाउने छन् ।

सपथ लिएसँगै उनले सानो आकारको मन्त्रिमण्डल पनि बनाउने भएका छन् ।

प्रारम्भीक चरणमा विष्णु पौडेल, भीम रावल, शत्रुघ्न महतो, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा र कमल थापाले मन्त्री पदको सपथ लिने छन् ।

स्रोतका अनुसार राप्रपा नेपालले परराष्ट्र र स्थानीय विकास मन्त्रालय पाउने भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले परराष्ट्र मन्त्रालय सम्हाल्ने टुंगो लागिसेको छ ।

अन्य मन्त्रालयको भने टुंगो लागिसकेको छैन । संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिमण्डल बनाउन पाइने व्यवस्था छ ।

– See more at: http://www.annapurnapost.com/News.aspx/story/20471#sthash.pvMhcJYX.dpuf

यसमा तपाईको मत