कतारमा बिश्वकप आयोजना गर्न नाकावन्दीको जोखिम नरहेको स्पष्टोक्ति
0
Shares

0

चार महिनादेखि साउदी अरव,यूएइ,बहराईन र इजिप्टबाट हवाई,समुन्द्र र जमिनको नाकावन्दी सामाना गर्दै आएको कतारले आगामी सन २०२२ मा हुने बिश्वकप प्रतियोगिता आयोजना गर्न जोखिम नरहेको बताएको छ ।

 

कतार बिश्वकपको उच्चस्तरिय समितिका महासचिव हसन अल थवाडीले कतार माथि क्षेत्रीयस्तरबाट लगाइएको नाकावन्दीले आगामी सन २०२२ मा हुने बिश्वकप प्रतियोगिता जोखिममा नरहेको बताएका छन ।

‘हामी बर्षौदेखि सधै आलोचना र आक्रमण वेहोर्दै आएका छौ’महासचिव थवाडीले एपीसँग भने । अवरोधलाई चिर्दै व्यवस्थापन मिलाइरहेको र केहि लागत बढेपनि पूर्वाधार निर्माणको काम जारी रहेको उनले बताए । ‘हाम्रा परियोजनाहरु कार्यतालिका अनुसार नै अगाडि बढिरहेका छन्’उनले भने ‘बिश्वकप आयोजना गर्न नाकावन्दीले जोखिम पुरयाउने छैन ।’

यसमा तपाईको मत