करैयामाई गाउँपालिकामा कांग्रेस बिजयी
0
Shares

0

बारा: १६ स्थानीय तह रहेको बारामा नेपाली कांग्रेसले बिजयी सुरुवात गरेको छ। करैयामाई गाउँपालिका प्रमुखमा कांग्रेसका भुमेश्वर धामी र उपप्रमुखमा पनि कांग्रेसकै चित्ररेखा चौधरी बिजयी भएका हुन्।

धामीले तीन हजार तीन सय २९ र चौधरीले तीन हजार तीन सय ७२ मत प्राप्त गरे। दोस्रो स्थानमा संघिय समाजवादी फोरम रहेको छ। फोरमका शम्भुप्रसाद यादवले तीन हजार एक सय ५९ र उपप्रमुख पदका उम्मेदवार लिला पण्डीतले दुई हजार आठ सय एक मत प्राप्त गरेका छन्।

यसमा तपाईको मत