किरणको ‘द होप’
0
Shares

0

पत्रकार किरण मरहठ्ठाको पुस्तक ‘द होप’ सार्वजनिक भएको छ । टेक्सासको अस्टिनमा ग्रेटर अस्टिन नेपाली समाजले आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन भएको हो ।

समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको विमोचन गर्दै ‘द होप’ नेपाली समाजमा आशाको दियो बनेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र विषयको गहन अध्ययनपश्चात् जन्माएको कृति हो ।’ पाठकले पत्रकार मरहठ्ठालाई नेपाली डायस्पोराको बारेमा सबैभन्दा जानकार पत्रकारको संज्ञा पनि दिनुभयो ।

चलचित्रकर्मी तथा टेलिभिजन प्रस्तोता नारायण पुरीले पुस्तकको समीक्षा गर्दै पत्रकारितामा नवप्रवेशीहरूको लागि मार्गदर्शक भएको बताउनुभयो । नेपालको आर्थिक, समाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका करिब २५ जना अगुवाहरूको विचार समेटिएको द होपमा तात्कालिक परिस्थितिको चित्रणका साथै नेपालको अर्थ राजनीतिक पाटोको विश्लेषण गरिएको छ । दुई सय २० पेजको सो पुस्तक डिकुरा पब्लिकेसनले बजारमा ल्याएको हो ।

यसमा तपाईको मत