केकीलाई मनपर्ने लेखक बुद्धिसागर
0
Shares

0

– कान्तिपुर संवाददाता, काठमाडौं
आश्विन १९, २०७२- मलाई मन पर्छ

केकी अधिकारी, अभिनेत्री

ठाउँ
आफू जन्मेको देश नेपाल नै मन पर्छ। प्राकृतिक रूपमा अरू विकसित मुलुकभन्दा हाम्रो देश निकै धनी छ। खासगरी पोखराको सौन्दर्यले लोभ्याउँछ। सुटिङका क्रममा धेरैपटक पुगेकी छु तर घुम्नैका लागि भनेर समय छुट्याएर गएकी छैन।

परिकार
दाल, भात, तरकारी त कमन नै भइहाल्यो। त्यसमा छुटाउनै नसक्ने चाहिँ गुन्द्रुकको अचार। प्राय: घरेलु परिकारमा रमाउने गर्छु।

पेय पदार्थ
अल्कोहल लिने बानी छैन। अहिलेसम्म टेस्ट गरेकी पनि छैन। खाउँजस्तो नै लाग्दैन। जुसहरूमा चाहिँ एप्पल मन पर्छ।

साहित्यिक पुस्तक
पाउलो कोहेलोका अधिकांश कृति पढेकी छु। मलाई उनले लेखेका कृतिहरूले निकै ऊर्जा दिन्छ। क्रिएटिभ बनाउने शक्ति उनको लेखनमा छ।

लेखक
विदेशीमा पाउलो कोहेलो भइहाल्यो। नेपालीमा चाहिँ बुद्धिसागर मन पर्ने लेखकमध्येका एक हुन्। उनको ‘कर्णाली ब्लुज’ उपन्यासबाट प्रभावित भएकी थिएँ।

फिल्म
पुरानै फिल्म मन पर्छ। सानो छँदा ‘कन्यादान’ हेरेकी थिएँ। अझै पनि त्यस फिल्मको महत्त्व उत्तिकै ताजा लाग्छ। कथा, अभिनय र निर्देशनको पाटो बलियो पाउँछु यस फिल्ममा।

अभिनेता–अभिनेत्री
हरिवंश आचार्य भर्सटाइल अभिनेता हुनुहन्छ। गौरी मल्ल दिदीको एक्टिङ बोल्ड लाग्छ।

गीत
नारायण गोपालको सदाबहार गीतहरू सुन्न मन पर्छ। ‘एउटा मान्छेको मायाले कति…’ गीत मेरो फेभरेट हो।

गायक–गायिका
गायकमा नारायण गोपाल। गायिकामा अञ्जु पन्तको स्वर मिठो लाग्छ।

ग्याजेट
फोन चलाउन सहज लाग्छ। अहिलेको मिनी संसार नै यसैमा छ भन्दा फरक नपर्ला।

प्रकाशित: आश्विन १९, २०७२
Source: Ekantipur

यसमा तपाईको मत