केयूकेएसएस जुनियर च्याम्पियन बन्यो सत्य साई
0
Shares

0

काठमाडौं: काठमाडौंको उत्तरी बेल्टका विद्यालयबीच भएको केयूकेएसएस अन्तरविद्यालय जुनिएर फुटबल च्याम्पियनसिप प्रतियोगितामा टोखा नगरपालिकास्थित सत्य साई शिक्षा सदन प्रथम भएको छ।

केयूकेएसएस प्रतिस्पर्धाका लागि टोखा नगरपालिकालगायत काठमाडौं उत्तरी बेल्टका १४ विद्यालयबाट १९ टिम सहभागी थिए। प्रतिस्पर्धाका लागि १२ वर्षमुनिका विद्यार्थी मात्रै सहभागी गराइएको थियो।

टोखा ग्रिनल्यान्डस्थित विद्याकुञ्ज माविमा भएको प्रतियोगिताको प्रायोजक विद्याकुञ्ज मावि, कौशल कसथा उद्योग, क्रिस प्लाई हाउस र गोल नेपाल डटक कम थिए।

गत साता सोमबार, मंगलबार र बिहीबार गरी तीन दिनसम्म भएको प्रतियोगिताको नकवाउट चरणदेखि सेमि फाइनल, फाइनल, क्वाटर फाइनल र फाइनलका सबै प्रतिस्पर्धामा सत्य साई टिम विजयी भएको हो।

जुनियर च्याम्पियनसिप कपका लागि फाइनलमा सत्य साई शिक्षा सदन र त्रिनेत्र विद्या निकेतन भिडेका थिए। त्रिनेत्रलाई २-० गोलले पछि पार्दै सत्य साई केयूकेएसएस जुनियर च्याम्पियनसिप बनेको हो।

सत्य साई शिक्षा सदनका फुटबल प्रशिक्षक रवि श्रेष्ठले सत्य साईका जुनियर खेलाडी भविष्यका राष्ट्रिय टिमका दावेदार भएको दाबी गरे।

यसमा तपाईको मत