क–कसले पाए उत्कृष्ट वर्ष खेलाडी अवार्ड ?
0
Shares

0

काठमाडौँ, चैत २१– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले वर्ष २०७० सालमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न १९ खेलका १९ खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट शुक्रबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीलाई प्रमुुख अतिथि सविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सचिव युवराज लामा र सम्बन्धित खेल सङ्घका पदाधिकारीले समान १०/१० हजार नगद पुरस्कार र अवार्ड प्रदान गरेका थिए । यसैगरी गजराज स्मृति आदर्श खेलबाट वरिष्ठ धावक बैकुण्ड मानन्धर, खेलकुदमा ४० वर्षसम्म बिताएका राष्ट्रिय खेलकुद परिषद्का सुरक्षा गार्ड रत्न तामाङलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्ने भएको छ । धावक बैकुण्ड मानन्धरलाई ३० हजार नगद पुरस्कार बाट सम्मानित गरियो । उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मान हुनेमा करातेकी अनु अधिकारी, लन टेनिसकी विभूति कार्की, भलिबलकी सरस्वती चौधरी, फुटबलका अनिल गुरुङ, टेबलटेनिसकी नविता श्रेष्ठ, ब्याडमिन्टनका रत्नजित तामाङ, सुुटिङकी श्रेया केसी, एथ्लेटिककी दिलमाया कार्की, ह्यान्डबलका अमर श्रेष्ठ, भारत्तोलनका कमलबहादुर अधिकारी, बुद्धिचालका केशव श्रेष्ठ, साइक्लिङका अजय पण्डित, आर्चरीका प्रेम प्रसाद पुन, तेक्वान्दोकी ज्ञानी चुनारा राई, कबड्डीका नवल रावल, जिम्नास्टिकका राजु राई, बक्सीङकी सरस्वति राणालगायत सम्मानित भए । त्यसैगरी १९ खेलका सम्मानित हुने १९ खेलाडी मध्ये भलिबलकी सरस्वती चौधरी र फुटबलका अनिल गरुङलाई चाइल्ड रिच नेपालका अध्यक्ष डा छिरिङ लामाले एक वर्षका लागि सद्भावनादूत घोषणा गरे । यसैबीच बलले लागेर दिवगंत भएका अष्ट्रेलियाका एकदिवसीय र टेस्ट ब्याट्सम्यान फिलिप ह्युजको ब्याट र जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथा लैजान र खेलका लागिसमेत वसन्त चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ । यसैगरी, सन् २०११ मा एकै साता दुई पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाउँदै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ कायम गर्न सफल नेपाली महिला आरोही छुरिम शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कार्यक्रमसमेत तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल क्रिकेट सङघ(क्यान)का निमित्त अध्यक्ष दीपक कोइराला र फउण्डेसनका प्रतिनिधि पारस शाक्यले रु १५ लाखको सम्झौतापत्रमा हस्तारक्षर गरे । ह्युजको स्मृतीमा चैत २८ कीर्तिपुर मैदानमा ६३ ओभरको खेल हुनेछ भने सोही दिन जर्सी ह्यु्जको र ब्याट आरोही टोलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Source: RatoPati

यसमा तपाईको मत