गोलीकाण्डपछि मधेसी मोर्चाको काठमाडौंमा आकस्मिक बैठक
0
Shares

0

काठमाडौं: सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि मधेसी मोर्चा र एमालेको छुट्टाछुट्टै आकस्मिक बैठक बसिरहेको छ। गोलीकाण्डबारे छलफल गर्न काठमाडौंको तीनकुनेस्थित फोरम नेपालको कार्यालयमा आकस्मिक बैठक बसिरहेको हो।  सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मलेठ–२, का सञ्जन मेहताको मृत्यु भएको थियो।

मोर्चाको काठमाडौंस्थित फोरम नेपालको कार्यालयमा उपेन्द्र यादव, तमलोपाका महन्थ ठाकुर, सद्‌भावनाका लक्षमण कर्ण सहभागी छन्। एमालेको मेची महाकाली अभियानको कार्यक्रम आज सप्तरीमा भएको थियो। एमालेको मेची महाकाली अभियानको कार्यक्रम आज सप्तरीमा भएको थियो। प्रहरीको गोली लागेर मलेठ-२, का सञ्जन मेहताको मृत्यु भएको थियो।

एमालेले फागुन २१गतेबाट झापादेखि सुरु गरेको मेची महाकाली अभियानको आज तेस्रो दिन हो। मंगलबार सिरहा र जनकपुरमा सभा गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ।

यसमा तपाईको मत