ग्वाटेमाला आगलागीमा परी मृत्यु हुने बालबालिकाको सङ्ख्या २८ पुग्यो
0
Shares

0

ग्वाटेमाला: ग्वाटेमालाको केन्द्रभागमा रहेको एउटा बालगृहमा भएको आगलागीमा परी बुधबार कम्तीमा २८ जना बालबालिकाहरुको मृत्यु भएको छ। आगलागीमा परी १९ जनाको घटनास्थलमा नै मृत्य भएको थियो भने केहीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।

घटनामा परी घाइते भएका अन्य २३ जना किशोरकिशोरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जनाएका छन्।

ठुलो सुत्ने कोठाबाट आगलागी सुरु भएको घटनाका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। ‘उनीहरु सुत्ने ठुलो कोठामा म्याटरेसमा सुतिरहेका थिए, त्यहीबाट अगालागी सुरु भयो,’ ती प्रत्यक्षदर्शीले बताए।

घरायसी समस्यामा परेका र घरपरिबारबाट बाहिरिएका ६० जना किशोरकिशोरीहरु त्यस बालगृहमा बस्ने गरेका थिए। मृत्यु हुनेमध्ये केहीको आगोले जलेपछि स्थानीय अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको हो। रासस÷सिन्ह्वा÷एपी

यसमा तपाईको मत