चीनमा गएको भूकम्पमा परी मर्नेको संख्या १३ पुग्यो
0
Shares

0

एजेन्सी: चीनको सिचुवान प्रान्तमा मंगलबार साँझ गएको ७.० मयाग्च्यिुडको भूम्पमा परी मर्नेको संख्या १३ पुगेको छ भने सयौ गम्भीर घाइते भएका छन्। चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)का अनुसार भूकम्पको केन्द्रबिन्दु जिउझाइगाओ क्षेत्रमा ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा १० किलोमीटर गहिराइबाट आएको हो।

उक्त ठाउँ पर्यटकीय क्षेत्र भएकाले चिनियाँ राष्ट्रपति सिजिङपिङले भूकम्पबाट प्रभावित मानिसहरुको उद्धार र राहतका लागि सबै संयन्त्रलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले भनेका छन् ‘ भुकम्प प्रभावित क्षेत्रमा स्थानीय मानिसहरु हराइरहेका छन्। उनीहरुको उद्धार र राहतमा सबै एक जुट भई सहयोग गरौं।’

यसका साथै राष्ट्रपति सीले पर्यटकीय नगरी क्षेत्रमा आएका पर्यटकहरुको सुरक्षित गन्तव्यमा लैजान उद्धारमा खटिएका टोलीलाई आग्रह गरेको सिन्ह्वाले जनाएको छ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ प्रधानमन्त्री लि खच्याङले स्थानीय निकायहरुलाई उद्धार र राहतमा खटिन आग्रह गरेका छन्। उनले संसद्‌, स्टेट काउन्सिलबाट राष्ट्रिय भूकम्प उद्धार टोली गठन गरेर प्रभावित क्षेत्रमा परिचालन गरेका छन्।

 

यसमा तपाईको मत