जड्याहाँ प्रहरीले शिक्षकसहित चार युवा कुटे
0
Shares

0

तुलसीपुर: आफन्तको घरमा जान लागेका युवाहरुलाई प्रहरीले मरणासन्न हुने गरी कुटेका छन्। रक्सी खाएर मात्तिएका प्रहरीले बिनाकारण आफूहरुलाई कुटेको दाङको फूलवारीका युवाहरुले आरोप लगाएका छन्। आफूलाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न तुलसीपुर उपमहानगर १३ का ४ जना युवाहरुले माग गरेका छन्।

स्थानीय विद्यालयका शिक्षक तिलक वली, स्थानीय युवा विक्रम खडका १३ वर्षीय बालक निगम ओली र वसन्त खड्काले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना सार्वनिक गरेका हुन्।

‘साउन २२ गते राति ९ बजे हामी सतबरीया जाने क्रममा राप्ती राजमार्गको सानो भञ्ज्याङमा भ्यानमा आएका प्रहरीले तिमीहरुलाई यही रोक्ने कुरा भाछ भनेर रोके अनि केहि समयपछि मदिराले मात्तेका प्रहरी चौकी दमारगाउँका असई शुरेस बुढा पुगेर एक्कासी अपशव्द प्रयोग गर्दै कुटपिटमा उत्रिए, विज्ञप्तिमा भनिएको छ।

कुटपिटपछि ईलाका प्रहरी कार्यालय अमिलियामा लगेर प्रहरी निरीक्षकले सबैलाई मुर्गा बनाएर मरणासन्न हुने गरी लाठीले कुटपिट गरिएको उनीहरुले बताएका छन्।

घटना सार्वजनिक भएपछि निमित्त जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले किटानी जाहेरी आएमा आफूले अनुसन्धान गरी घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कारवाही गर्ने बताए।

 

यसमा तपाईको मत