जन्मदिनमा खाद्यन्न सहयोग
0
Shares

0

काठमाडौं : गायक सीताराम पोखरेलले आफ्नो जन्मदिन बौद्धिक अपांगता भएका व्यक्तिहरूसँग मनाएका छन् । जन्मदिनको अवसरमा उनले गोकर्णस्थित स्वास्थ्य समाज नेपालमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई खाद्यान्न सामग्री प्रदान समेत गरेका छन् ।

बालबालिकालाई ६ महिनालाई पुग्ने रासनलगायतका सामग्री संस्थाकी अध्यक्ष सीता श्रेष्ठलाई हस्तान्तरण गर्दै सीतारामले जन्मदिनको खुसीयाली मनाए । पोखरेलले १४ वर्षयता विभिन्न सामाजिक संघसंस्थासँग आफ्नो जन्मदिन मनाउँदै आएका छन् ।

यसमा तपाईको मत