जयबहादुर चन्दले भेटेरै बधाइ दिए आइजीपी अर्याललाई
0
Shares

0

काठमाडौंः डीआईजी जयबहादुर चन्दले प्रहरी महानिरीक्षकमा नियुक्त भएकोमा अाइजीपी प्रकाश अर्याललाई भेटेरै बधाइ दिएका छन्।

अर्यालले मंगलबार बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा उपस्थित हुनु भएका चन्दले आइजीपी अर्याललाई बधाइ दिनु भएको हो।

अर्यालले आफू आइजीपीमा नियुक्त भएको भोलिपल्ट मंगलबार बिहान प्रहरी समन्वय समितिको बैठक प्रहरी हेडक्वाटरमा बोलाउनु भएको थियो। बैठकमा आइजीपी अर्यालले वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध भएर लाग्न निर्देशन दिनु भएको थियो।

आइजीपी अर्यालले बोलाएको बैठकमा डीआईजी नवराज सिलवाल भने अनुस्थित हुनुहुन्थ्यो।

Yamaha

यसमा तपाईको मत