जिसस मोरङमा चार शक्तिबीच तालमेल, काँग्रेस एक्लियो
0
Shares

0

विराटनगर: जिल्ला समन्वय समितिमोरङको नेतृत्वचयनकालागिचार दलले तालमेल गरेपछि काँग्रेस एक्लिएको छ।

मनौ पदका लागि नेतृत्वमा पुग्न नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसमेत गरी चार शक्तिबीच गठबन्धन भएको हो।

तालमेल भएअनुसार नै विहीबार दलले उम्मेदवारी दर्ता गराएका छन्। अरु पार्टीबीचतालमेल भएपछि काँग्रेसले एकल उम्मेदवारी दिएको छ।

मोरङका सत्र स्थानीयतहको निर्वाचनमा प्रमुख उपप्रमुख गरेर काँग्रेसले १३, एमालेले १४, नेपाललोकतान्त्रिकफोरमले ३, माओवादी र संघीय समाजवादी फोरमले दुई दुई पद जितेका थिए।

एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका गरेर मोरङमा १७ स्थानीय तह छन।ती तहबाट ३४ जनाप्रमुखतथाउपप्रमुखनिर्वाचितभएका छन्। जिससको निर्वाचनमा विजयी हुन १८ मत आवश्यक हुन्छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले नेतृत्व चयनका लागि शनिबार निर्वाच नहुने जनाएको छ।संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवका अनुसार तालमेल अनुसार संयोजक र एक सदस्यमा एमाले, सह-संयोजकमा माओवादी, तीन सदस्य संघीय समाजवादी फोरम र तीन सदस्य लोकतान्त्रिक फोरमले उम्मेदवारी दिएका छन।

समन्वय समितिको निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीनमहिला सदस्य, एक दलिततथाअल्पसंख्यक र अन्य गरी नौ जना निर्वाचित हुनेछन्।मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलकाअनुसार शनिबार हुने निर्वाचनका लागि विभिन्न नौ पदमा १६ जनाको उम्मेदवारी परेको छ।

प्रमुखमा दुई, उपप्रमुख दुई, तीनखुला सदस्यमा पाँचजना, तीन महिला सदस्यका लागि पाँचजना, र एक जना दलित सदस्यमा दुई जनाको उम्मेदवारी परेको छ। पोखरेलले भने, ‘शुक्रबार निर्वाचन चिन्ह प्रदान गरी शनिबार चुनाव हुनेछ।’

एमालेका तर्फबाट संयोजकमानरेश पोखरेलले मनोनयन दर्ता गराएका छन। काँग्रेसले सुनवर्षी नगरपालिका डायनियाका सत्यनारायण पण्डितलाई संयोजकमा खडा गरेको छ। उपसंयोजकमा गठबन्धनका तर्फबाट उपसंयोजकमामाओवादी केन्द्रकाप्रकाश साहउठेका छन्।

काँग्रेसले नेपाललोकतान्त्रिकफोरमसँगतालमेल गरेर उसलार्य उपसंयोजकदिने भनेपनितालमेल नभएपछि संयोजकतथाउपसंयोजकमादुबै पुरुषउम्मेदवार उठेका छन्।

विहीबारको मनोनयनमाकाँग्रेसले सदस्यपदमा उठाउन टिकट दिएकाविराटनगर ८ का सुनिलदाहालले उपाध्यक्षमामनोनयनदर्ता गराएका छन । उनको मनोनयनबदर हुने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए।

उनले भने,‘एउटा पार्टीले संयोजक र उपसंयोजकमा महिला पुरुष मिलाएर उठाउनुपर्छ। काँग्रेसका दुबै उम्मेदवार पुरुषको परेकोले दुवै उपसंयोजकको उम्मेदवारी बदर हुनसक्छ। यस विषयमा दलहरुसँग छलफल हुनेछ।’

काँग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले भने, ‘लोकतान्त्रिक फोरमलाई उपसंयोजक दिने र फोरम लोकतान्त्रिक पनि हामीसँगै तालमेलमा आउने भन्ने तयारी भएको हो। छलफल अझै चलिरहेको छ।’

उनले मोरङको स्थानीय तहको निर्वाचनमा जितको हिसाबले तेस्रो स्थानमा रहेको लोकतान्त्रिक फोरमले किन माओवादीलाई उपाध्यक्षमा सहयोग गरेको भन्ने आफूहरुले बुझ्न नसकेको बताए।

यसमा तपाईको मत