जेनिफरको रुचाइएको गाउन
0
Shares

0

२७ वर्षीया हलिउड नायिका जेनिफर लरेन्सले आउँदै गरेको फिल्म ‘मदर’को यूके प्रिमियरमा लगाएको गाउन रेड कार्पेटमा अधिक मन पराइएको छ । थ्रिलर फिल्म मदरको यूके प्रिमियरमा उनी सिल्भर कलरको गाउन लगाएर उत्रिएकी थिइन् । लन्डनमा भएको त्यो सन्ध्यामा जेनिफर निकै चम्किली थिइन् ।

प्रिमियरका क्रममा प्रशंसकसँग निकै खुलेर प्रस्तुत भएकी जेनिफरले ‘मदर’को रिलिजका लागि उत्साहित भएको पनि बताइन् । हलिउडमा महँगो पारि श्रमिक लिने नायिकाका रूपमा चिनिएकी उनी नयाँ पुस्ताको सफल नायिकाका रूपमा चिनिन्छिन् ।

ओस्कार अवार्ड हात पार्न सफल भइसकेकी उनी १४ वर्षअघि हलिउडमा प्रवेश गरेकी हुन् । घुमघामको सिलसिलामा न्युयोर्कमा निस्किँदा एक फोटोग्राफरले उनलाई भेटेपछि मनोरञ्जन क्षेत्रमा काम गर्ने अफर मिलेको थियो । २४ वर्षसम्म पुग्दा उनी हलिउडमा सर्वाधिक रुचाइएकी सेलिब्रेटी बनिसकेकी थिइन् । अमेरिकाको सयजना ‘मोस्ट डिजायर्ड वुमन’को लिस्टमा उनको नाम परिसकेको छ । अमेरिकी मिडियाले उनलाई निकै बुद्धिमान्, चलाख र मजाक गर्ने सेलिब्रेटीका रूपमा प्रस्तुत गर्दै आएको छ । एजेन्सीको सहयोगमा

यसमा तपाईको मत