डा. केसीको सम्झौता अनुमोदन
0
Shares

0
काठमाडौं : सरकारले डा. गोविन्द केसीसँग बिहीबार भएको सम्झौता अनुमोदन गरेको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. केसीसँग भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो।
मेडिकल शिक्षामा देखिएका विकृतिविरुद्ध डा.केसीले १२ दिनसम्म आमरण अनशन बसेका थिए। अनशनका कारण चौतर्फी दबाबमा परेको सरकारले उनको सबैजसो मग पूरा गर्ने सहमति गरेको थियो।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ। सरकारले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनबारे अनुगमन गर्न मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ।  त्यस्तै आशयपत्र पाएका मेडिकल कलेजको विद्यार्थी भर्ना, पूर्वाधार पुनरावलोकन गर्न पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहेको समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। त्यस्तै सरकारले हरेक वर्ष मंसिर ९ गतेलाई राष्ट्रिय उद्योग दिवस मनाउने निर्णय गरेको छ।
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि रूपन्देहीमा चार बिघा जग्गा उपलब्ध गराउने, डडेल्धुरा र ताप्लेजुङका अग्निपीडितलाई क्षतिका आधारमा ४० प्रतिशतदेखि ३० लाखसम्म राहत र ऋण सहयोग गर्ने निर्णय बैठकले गरेको छ।
Source: Annapurna Post

यसमा तपाईको मत