‘डोक्लामबाट चिनियाँ सेना पछि हट्ने भ्रामक खबर’
0
Shares

0

एजेन्सी : चीनले चिनियाँ सेना डोक्लमस्थित भारतीय सीमाबाट पछि हट्न सहमत भएको खबरको प्रतिवाद गरेको छ । बेलायती समाचार संस्था रोयटर्सले भातरले चीनलाई आफ्ना सेना सीमाबाट २५० मिटर पछाडि हटाउन आग्रह गरेको र उक्त प्रस्तावमा चिनियाँ पक्ष सेनालाई १०० मिटर पछाडि हटाउँन सहमत भएको भनी बिहीबार खबर प्रकाशन गरेको थियो । यस्तो खबर झुटो भएको भनी चिनियाँ पक्षले प्रतिवाद गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट भनिएको अज्ञात स्रोतको हवला दिँदै रोयटर्समा प्रकाशन गरिएको खबरमा भारत-चीन बीच कुराकानीका क्रममा भारतीय पक्षले यस्तो प्रस्ताव राखेको उल्लेख गरिएको चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)ले जनाएको छ ।

चिनियाँ सैनिक स्रोतले भारत र चीनबीच त्यस्तो कुनै छलफल नभएको बताएको छ । आफ्ना सेना पछि नहट्ने भन्दै भारतले विवादित क्षेत्रबाट सेना फिर्ता गर्नुपर्ने आफूहरुको शर्त पालना नभएसम्म कुनै वार्ता, छलफल नगर्ने स्पष्ट पारेको सीजीटीएनले जनाएको छ ।

यसमा तपाईको मत