दर्दनाक जीवनको चित्रण
0
Shares

0

भर्खरै मुना पलाएका
कलिला बिरुवाहरु सुकिसकेछन्,
हरियो हुनुपर्ने मुना
पहेंलपुर भैसकेछन्
तुलनात्मक कल्पनामा
डुबिरहेका छन्,

आजको दिन मुना
टुहुरा अबोध बालक र बालिका मुस्किलले
बामे सरिरहेका होलान्
यो बेलामा,
मुना कल्पिन्नछन्,
पक्कै पनि आजको रात
भोक(भोकै सुते होलान्
यी टुहुरा बालक,

कठै(बरा
कति गाह्रो भएको हुदोंहो यिनलाई
भोकै सुत्दा
मुना पुनः सोच्दछन् पक्कै पनि
आजको कठ्याँग्रिदो रात
निर्वस्त्र कापिंरहेकै अवस्थामा
कोल्टे फेरिरहेकी होलिन्
यी टुहुरी बालिका,
कठै(बरा
कति जहर भएको हुदोंहो यिनलाई
निर्वस्त्र कापंदै सुत्दा

बालक र बालिकाको
जीवनका गोरेटाहरु
आफ्नाभन्दा निकै
अफ्ठेरा भएको निस्कर्ष
निकाल्दै आफ्नो मन
जसोतसो समेल्दै
बालक र बालिका प्रति
अत्यन्तै भावविह्वल
बन्न पुगे मुना
यो बेलामा

 

यसमा तपाईको मत