दैनिक दुई हजार म्यानमारका शरणार्थी बङ्गलादेश प्रवेश
0
Shares

0

जेनेभा : म्यानमारबाट अहिले पनि दैनिक दुई हजार म्यानमारका शरणार्थी बङ्गलादेश प्रवेश गरिरहेका छन् ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको बङ्गलादेशको कोक्स् बजार हँुदै उनीहरु बङ्गलादेश प्रवेश गर्ने गरेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले जानकारी दिएको छ।

सङ्गठनका प्रवक्ता जोएल मिलम्यानले गत अगस्तदेखि म्यानमारका शरणार्थी बङ्गलादेशमा प्रवेश गर्ने गरेकोमा अहिलेसम्म झण्डै पाँच लाख १५ हजार जना म्यानमारका शरणार्थीहरु बङ्गलादेशमा छिरिसकेको बताए ।

बङ्गलादेशको सरकारले म्यानमारका शरणार्थीलाई झण्डै एक हजार एकर्ड क्षेत्रफल रहेको जमिनमा राखेको थिए भने, गत सेप्टेम्बर १४ बाट अर्को इलाकामा अरु दुई हजार एकर्ड क्षेत्रफलमा उनीलाई राख्न मिल्ने बनाइएको छ ।

 

अहिले बङ्गलादेशले झण्डै सात लाख शरणार्थीलाई आश्रय दिन लागेकाले यो विश्वकै सबै भन्दा ठूलो शरणार्थी शिविर हुन सक्ने बताइएको छ ।

शरणार्थीहरुमध्ये झण्डै दुई लाख १८ हजार जनालाई यसअघि तत्काल पोषण खाद्य पदार्थ आवश्यकता थियो ।

सो खाद्य पदार्थको आवश्यकता भएका मध्ये पाँच बर्ष मुनिका बालबालिकाको संख्या मात्रै झण्डै एक लाख ४५ हजार छ।

साथै हजारौँ गर्भवती र सुत्केरी महिलालाई पनि पोषणको अत्यावश्यकता देखिएको मिलम्यानले जानकारी दिए ।

अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनले ती शरणार्थीहरुका लागि झण्डै तीन लाख १० हजार लिटर सफा पानी वितरण गरेको छ ।

तर त्यो पानी उनीहरुका लागि ‘समुद्रमा एक थोपा पानी’ जस्तो मात्रै भएको मिलम्यानले टिप्पणी गरेका छन् ।
रासस/सिन्ह्वा

यसमा तपाईको मत