पथरी शनिश्चरे क्वाटरफाईनलमा
0
Shares

0

दमक: सुमन इजमको आक्रमक बलिङसँगै पथरी शनिश्चरे ११ पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ। मोरङको पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इष्टर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरीलाई ७ विकेटले पराजित गर्दै पथरी शनिश्चरे दोश्रो चरणमा पुगेको हो।

 

दुहबीले प्रस्तुत गरेको ७७ रनको लक्ष्य पथरीले १२ दशमलब ३ ओभरमा आफ्ना ३ खेलाडीको क्षतीमा पुरा गरेको थियो। पथरीको जितमा राकेश दाहालले ३० र महेश रेग्मिले २० रन बनाए। दुहबीका लागि आसिस मल्लिक, रमेश साह र रवि शाहले समान १÷१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दुहबी १४ दशमलब ५ ओभरमा मात्र ७६ रनमा समेटिएको थियो। दुहबीका लागि रोशन रोएले ३५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो स्कोर खडा गर्न सकेनन्।

पथरीका लागि सुमन इजम लिम्बुले आक्रमक बलिङ गर्दै दुहबीको ४ विकेट झारेका थिए। उनले ३ ओभरमा २ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै राकेश दाहाल र शंकर भुजेलले समान २÷२ विकेट लिए।

खेलको म्यान अफ द म्याच पथरीका सुमन इजम लिम्बु घोषित भए। प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा फुलबारी क्रिकेट क्लब सुनसरी र रत्न युथ क्लब पथरी मोरङ विच हुने आयोजकले जनाएको छ।

यसमा तपाईको मत