पथरी शनिश्चरे सेमिफाइनलमा
0
Shares

0

दमक: पूर्वाञ्चल स्तरीय सातौं वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीले भरिएको ईटहरी क्रिकेट एकेडेमी स्थानीय टीम पथरी शनिश्चरे ११ सँग पराजित भएको छ। राष्ट्रिय खेलाडी मेहबुब आलम र पुष्प थापा चल्न नसकेपछि ईटहरी पथरी शनिश्चरे संग २ विकेटले पराजित भयो। पथरी शनिश्चरे यो जित संगै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।

 

बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा इटहरीले ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रीएको पथरी शनिश्चरेले १९ दशमलब २ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । पथरीको जितमा राजु राईले ३५ र सुमन लिम्बुले २३ रन बनाए।

इटहरीका मनोज मण्डलले ४ ओभरमा ४ रन दिएर ३ विकेट लिएपनि जितका लागि पर्याप्त बन्न सकेन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले १९ दशमलब २ ओभरमा अल आउट हुदै ९४ रनको योगफल तयार पारेको थियो।

इटहरीका लागि फिरदोस अन्सारीले ३८ रन बाहेक अन्य ब्याट्समेनले दोहोरो स्कोर बनाउन सकेनन् । इटहरीका तर्फबाट खेलेका मेहबुब १ र पुष्प ४ रनमै पवेलिएन फर्किन बाध्य भएका थिए।

पथरीका राकेश दाहाल र सुरज न्यौपानेले समान ३÷३ विकेट लिए। खेलको म्यान अफ द म्याच इटहरीका मनोज मण्डल घोषित भए।

प्रतियोगिता अन्तर्गत बिहिबार वीराटनगर क्रिकेट क्लब र रत्न यूथ क्लब पथरी विच खेल हुदैछ । मंगलबार बर्षाको कारण खेल हुन नसकेको आयोजकले जनाएको छ।

यसमा तपाईको मत