फुटबल खेल्ने क्रममा बेहोस भएका खेलाडीको मृत्यु
0
Shares

0

बर्दिया : विजया दशमी तथा शुभ दीपावलीको अवसरमा चुरे जनजागृती युवा क्लव बगनाहाले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका एक खेलाडीको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका ३ वगनाहा निवासी १७ वर्षीय नरेश थारुको उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

मध्यान्ह्मा खेल भैरहेकाले गर्मीका कारण खेल्ने क्रममा बेहोश भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाईको मत