बनाउँदै गरेको बम विस्फोट हुँदा तीस तालिबानको मृत्यु
0
Shares

0

अफगानिस्तान: अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानहरुले आफैले बनाउदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका छन्।

उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् । बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार सो विस्फोट भएको थियो। तालिवान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो।

आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको यस विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका प्रवक्ताले जानकारी दिएका छन।

सो विस्फोटको क्रममा केही आतङ्ककारी घाइते समेत भएका थिए । तर प्रहरीले त्यसमा परी अरु धेरै आतङ्ककारी मारिएका हुनसक्ने बताएका छन् । तर त्यसको बारेमा तालिबानले केही बताएका छैनन्।

अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ जना घाइते भएका छन।

अचानक भएको यस विस्फोटको तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन्। रासस/सिन्ह्वा

यसमा तपाईको मत