बहुमतका लागि अपहरण र ढुंगामुढामा उत्रिए थापा र राणा समूह
0
Shares

0

काठमाडौ : पार्टी बिभाजनपछि पनि कमल थापा र पशुपति शम्शेर राणा नेतृत्वको समूह वीच आरोप प्रत्यारोप देखिन थालेको छ । थापा नेतृत्वको समूहले आफनो समूहका नेता तथा कार्यकर्ताहरुलाई ढुंगामुढा गरेको र अपहरण गर्न खोजेको आरोप राणा समूहले लगाएको छ ।

राणा समूहका एक नेताका अनुसार धनगढीबाट काठमाडौ आउँदै गर्दा धर्मराज जोशीलाई एयरपोर्टबाटै अपहरण गर्न खोजेको,कमला शर्माको घरमा ढुंगा मुढा गरेको,राजेश्वरी श्रेष्ठ र लिला श्रेष्ठको परिवारका सदस्यहरुलाई भौतिक आक्रमणको धम्की थापा समूहले दिएको आरोप लगाएको छ । थापा समूहले राणाको पक्षमा पार्टी बिभाजन गर्न ४० प्रतिशत साँसद र केन्द्रीय सदस्य नरहेको दावी गरेको छ भने राणा समूहले आफूहरुको पक्षमा २० जना साँसद र ७४ जना केन्द्रीय सदस्य रहेको दावी गरेको छ ।

साउन २२ गते निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको नामबाट नयाँ पार्टी दर्ता गराउन जाँदा सो समूहका आठ जना साँसद र ५८ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । दैनिक रुपमा हस्ताक्षर बढेर साँसदको संख्या २० पुगेको र केन्द्रीय सदस्यको संख्या ७४ पुगेको राणा समूहका नेताहरुले बताएका छन् ।

यसमा तपाईको मत