बिमस्टेक बैठक सम्‍पन्‍न: सदस्‍य राष्ट्रबीच स्वतन्त्र व्‍यापार गर्ने सम्झौता
0
Shares

0

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को १५ औँ मन्त्रिस्तरीय बैठकले सदस्‍य राष्ट्रबीच स्वतन्त्र व्‍यापार सम्झौता चाँडै टुंगो लगाउने निर्णय गरेको छ।

काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै बैठक शुक्रबार समापन भएको हो। बैठकमा बिमस्टेक मुलुकबीच विद्युतीय प्रसारण लाइन स्थापना गर्ने सम्झौतामा चाडै हस्ताक्षर गर्ने सहमति भएको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

सदस्य मुलुकबीच बिमस्टेकलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रणनीति तय गर्न प्रबुद्ध समूह गठन गर्ने निर्णय समेत गरेको छ। साथै बिमस्टेक मुलुकबीच प्रविधि हस्तान्तरण सहजीकरण गर्न एक समझदारी पत्रमा चाँडै नै हस्ताक्षर गर्ने तयारी भएको परराष्ट्रमन्त्री महराले बताए।

नेपालले सन् २०१८ को सुरुवातमा ऊर्जामन्त्री स्तरीय बैठक आयोजना गर्ने परराष्ट्रमन्त्री महराले बताए।

यसमा तपाईको मत