बोलेरोले कुल्चिँदा नौ बालबालिकाको ज्यान गयो
0
Shares

0

एजेन्सी: एउटा कारले कुल्चिँदा बिहारको मुजफ्फरपुर जिल्लामा शनिवार एक अनियण्त्रित बोलेरोले कुल्चिँदा कम्तिमा पनि ९ जना बालबालिकाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य १० जना बालबालिका घाइते भएका छन् । यिनमा दुईको अवस्था चिन्ताजनक छ । यी सबै बालबालिका जिल्लाको मीनापुर प्रखण्डस्थित सरकारी स्कूल मध्य विद्यालय धरमपुरमा पढ्ने गर्थे । यी बालबालिका स्कुलबाट घर फर्किने क्रममा अनियण्त्रित बोलेरोले कुल्चिएको थियो ।

घटनाको पुष्टि गर्दै मुजफ्फरपुर जिल्लाका वरिष्ठ पुलिस अधिक्षक विवेक कुमारले बीबीसीसँग भने, ‘यो दुर्घटना शनिवार दिउँसो डेढदेखि २ बजेको बीचमा भएको हो । जुनबेला यी बच्चा स्कुलबाट घर फर्किँदैथिए ।’

विवेक कुमारका अनुसार जिल्ला प्रशासनले दुर्घटनामा मारिएका सबै बच्चाका परिवारलाई राहतका लागि प्रतिपरिवार ४-४ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । घाइतेहरुको उपचार खर्च पनि सरकारले दिने भएको छ ।

यो घटना मुजफ्फरपुर-सीतामढीदेखि जाने राष्ट्रिय राजमार्ग ७७ मा भएको हो । यसै राजमार्गसँगै यो स्कुल रहेको छ। घटनास्थल मुजफ्फरपुर शहरबाट करिब १५ किलोमिटरको दुरीमा छ ।

दुर्घटनाको विवरण दिँदै स्थानीय पत्रकार कौशलेन्द्र झाले भने, ‘पहिले कारले एउटी महिलालाई ठक्कर दियो । त्यसपछि अनियन्त्रित हुँदै राजमार्गको किनारमा लाइन लागेर घर गइरहेका बच्चाहरुलाई एक एक गर्दै कुल्चिँदै अघि बढ्यो ।’



यसमा तपाईको मत