‘भारत- चीनबीच युद्धको ‘काउण्टडाउन’ सुरु’
0
Shares

0

करीव दुई महिना देखि डोक्लाम क्षेत्रमा भारत र चीनबीच जारी तनाव कायमै रहेका बेला दुई देशबीच युद्ध हुन सक्ने खवर सार्वजनिक हुन थालेका छन्।

दुई देशले विवाद समाधानका लागि कुनै ठोस कदम चालेको देखिदैन। अन्तर्राष्ट्रिय समुदायले दुई देशलाई संवादमार्फत तनाव कम गर्न आग्रह गरिरहेपनि चीन र भारतबीच दुई महिनाको बीचमा संवादहीनता कायमै छ र दुवै देश आ-आफ्नो अडानमा यथावत् देखिन्छन्।

यही बीचमा चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले भारतसंग कुनै पनि खालको संवाद नभएको स्पष्ट पारेको छ। दुई देशबीच तनाव कम गर्नेबारे गोप्य छलफल भईरहेको भन्ने समाचार एजेन्सी रोयटर्सको खण्डन गर्दै ग्लोबल टाइम्सले भनेको छ, ‘रोयटर्सको समाचार सरासर झुट हो, दुई देशबीच कुनै छलफल भएको छैन।’

बिना शर्त भारतीय सेना डोक्लाम क्षेत्रबाट फिर्ता गर्न चीनले गेप्य रुपमा भारतलाई भनेको रोयटर्सले समाचार छापेको थियो। तर ग्लोबल टाइम्सले यसको खण्डन गर्दै समाचारमा कुनै सत्यता नभएको बताएको छ। चिनियाँ रक्षा मन्त्रालयका अधिकारीसंग कुरा गर्दै ग्लोबल टाइम्सले रोयटर्सको समाचारमा कुनै तर्क समेत नभएको बताएको छ।

यसमा तपाईको मत