मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार
0
Shares

0

काठमाडौ : संविधान संशोधनको प्रस्ताव फिर्ता लिने सरकारको निर्णयको विरोध गर्दै मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ । मधेसी मोर्चाका माग सम्बोधन गर्न भन्दै सरकारले अहिले संसदमा दर्ता भएको संशोधनको प्रस्ताव फिर्ता लिइ नयाँ प्रस्ताव दर्ता गर्न तयारी गरेको थियो । सरकारको यो निर्णयप्रति मधेसी मोर्चाले कडा अापत्ति जनाएको छ । 

संसदमा बोल्दै तमलोपाका संसद अकवाल अहमद शाहले सीमांकन परिवर्तन नभएसम्म संविधान संशोधनका कुनैपनि प्रस्तावमा मधेसी मोर्चा सहमत नहुने बताए । शाहले बोलेसँगै सबै मधेसी दलका संसद बैठक बहिस्कार गरि बाहिरिएका छन् ।

Yamaha

यसमा तपाईको मत