मनाङ सेमिफाइनलमा
0
Shares

0

भरतपुर :  अन्तिम क्वाटर फाईनल खेलमा जित्दै मनाङ मस्र्याङ्दी क्लब प्रथम ईप्लानेट जेसीज कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। नारायणगढमा जारी विहिवारको खेलमा मनाङले झापा ११ लाई ट्राईबेकरमा ५-३ ले परािजत गरेको हो। खेलको पहिलो हाफको २८ औं मिनेटमा हेमन्त थापा मगरले दिएको पासमा सुजल श्रेष्ठले मनाङका लागि गोल गरे।

पहिलो हाफमा १ शुन्य गोलले पछि परेको झापाका लागि कर्ण लिम्बुले गोल गरेर बराबरी बनाए। ६७ औ मिनेटमा डि एरीयामा बलले मनाङका अनन्त तामाङको हातमा छोएपछि पेनाल्टीको अवसरलाई गोल गरेर खेललाई बराबरीमा पुर्‍याए।

 

निर्धारित समयमा बराबरी भएपछि खेल ट्राईबेकमा पुगेको हो। ट्राईबेकरमा दिलन लोक्नामले गोल गर्न चुकेपछि झापा घर फर्किउको हो। उनले पोष्ट बाहिर बल हानेपछि मनाङले खेल जितेको हो। ट्राईबेकरमा मनाङका लागि सुजल श्रेष्ठ , अञ्जन विष्ट , कमल श्रेष्ठ , विमल बस्नेत र डोना थापाले गोल गरेका थिए। झापाका लागि कर्ण लिम्बु , बुद्ध चेम्जोङ र राईले गोल गरेका थिए। आज भएको खेलमा मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएर नगद पाँच हजार पाएका थिए।

खेल अवधिभर दुवै टिमले राम्रो अवसर गुमाए। पहिलो हाफको १७ औ मिनटमा हेमन्त थापामगरले हानेको बल झापाका किप्पर किशोर गिरीले समाए। त्यस्तै झापाका बुद्ध चेम्जोङको राम्रो प्रहारलाई मनाङका गोलरक्षक दिनेश थापा मगरले जोगाए।प्रतियोगिता अन्र्तगत भोलीदेखि सेमिफाईनलका खेलहरु हुदैछन। भोलीको पहिलो सेमिफाईनल सुदुरपश्चिम र विभागीय टिम एपीएफबीच हुदैछ। त्यस्तै शनिवार हुने अर्को सेमीफाईनलमा मनाङ र हेटौडाको विजय युथ क्लब वीच प्रतिष्पर्धा हुनेछ।

नारायणगढ जेशीजको आयोजनामा भाद्र १७ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद सहित ट्रफि र दोस्रो हुनेले नगद १ लाख ७५ हजार र ट्रफि पाउने छन्। प्रतियोगिताको फाईनल खेल भाद्र २६ गते हुने आयोजकले जनाएको छ।

 

यसमा तपाईको मत