महासचिव उत्तर कोरियालाई नाकावन्दी लगाउन सर्वसम्मत निर्णयको पक्षमा
0
Shares

0

सोल : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेशले उत्तर कोरियाले विकास गरेको आणविक परीक्षणको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् ।

एक अन्तरवार्तामा गुटरेशले भनेका छन ‘यसरी आणविक परीक्षण र त्यसमा पनि हाइड्रोजन बम नै हान्नु अत्यन्तै चिन्तापूर्ण अवस्था हो,विश्व शान्तिका क्षेत्रमा यो पछिल्ला बर्षहरुको एक सबैभन्दा नराम्रो घटना हो ।’

 

एक फ्रान्सेली पत्रिकालाई दिएको अन्तरवार्तामा उनले यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा एकता हुनपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन् ‘यो हतियारको प्रदर्शन हो र यसले संसारमा कहीँ पनि र कसैलाई पनि फाइदा गर्दैन, अबका दिनमा उत्तर कोरियालाई नाकाबन्दी लगाउने वा कारबाही गर्ने विषयमा सबै मिलेर सर्वसम्मत निर्णय नै गर्नुपर्छ ।’

उत्तर कोरियामाथि नाकाबन्दी र कारबाही गर्न संयुक्त राष्ट्रसंघमा अमेरिकाले नयाँ प्रस्ताव ल्याएको छ । तर त्यस प्रस्तावमा सहमति हुन सकिरहेको छैन । यसै पृष्ठभूमिमा उनको यो टिप्पणी आएको हो । रासस/एएफपी

यसमा तपाईको मत