युद्धको नजिक उत्तर र दक्षिण कोरिया, अमेरिकाले पठायो एन्टीमिसाइल
0
Shares

0

एजेन्सी: उत्तर कोरियाले भर्खरै गरेको मिसाइल परीक्षणपछि कोरियालीको द्वीपमा तनाव सुरु भएको छ। अमेरिकाले दक्षिण कोरियाको सुरक्षाका लागि एन्टी ब्यालेस्टिक मिसाइल तैनाथ गरेपछि कोरियालीको द्वीपमा तनाव सुरु भएको हो।

अमेरिकाले आफ्नो नजिकको सहयोगी भन्‍दै दक्षिण कोरियाको मद्दतको लागि मिसाइल डिफेन्स प्रणालीलाई त्यहा पठाइदिएको छ। प्योङयाङको सरकारी एजेन्सी केसीएनएका अनुसार परमाणु हतियारबाट सम्पन्‍न उत्तर कोरियाले हालसम्‍म चार वटा मिसाइल लगातार रुपमा परीक्षण गरिसकेको छ।

हालै उत्तरले गरेको चौथो परीक्षण जापानमा अमेरिकी सैन्य अड्डामा हमला गर्नको लागि परीक्षण अभ्यास गरेको थियो। चारमध्ये तीन मिसाइल जापानको जल क्षेत्रस्थित विशिष्ट आर्थिक क्षेत्रमा खसेको थियो।

मिसाइल खसेदलगत्तै अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाले धम्की दिएका थिए। यो प्रक्षेपण पछि अमेरिका र जापानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक बुधबार तत्काल बोलाएका छन्।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌ बैठकमा प्योङयाङमा ब्यालेस्टिक परीक्षणमा रोक लगाइने बताइएको छ। साथै अमेरिकी राजदूत निक्की हेलीले ट्विटरमा भनेकी छिन् ‘संसारलाई उत्तरले विनाश गर्न सक्दैन।’ उसलाई ‘विनासकारी मार्ग’को कुनै अनुमति छैन।’

यसमा तपाईको मत