विष्णुपुर गाउँपालिकामा कांग्रेस विजयी
0
Shares

0

राजविराजः सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ भन विष्णुपुर गाउँपालिकामा नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ।

अध्यक्षमा कांग्रेसका निलाम्बर यादवले दुई हजार एक सय २४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राजपाका मुनिलाल खंगले एक हजार छ सय ६९ मत ल्याए।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै जन्जिरादेवी यादवले दुई हजार १८ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका उषकुमारी साहले एक हजार चार सय ८० मत प्राप्त गरिन्।

सप्तरीमा पहिलो परिणाम हात पारेका नेकपा (एमाले) ले फत्तेपुर बजारमा विजयी जुलुस निकालेको छ। सप्तकोशी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित छ वडामा एमाले र पाँच वडामा माओवादी केन्द्र विजयी भएको छ।

यसमा तपाईको मत