वीरेन्द्रनगर क्रिकेट क्लब क्वाटरफाईनलमा
0
Shares

0

दमक: चेतन खतिवडाको उत्कृष्ट प्रर्दशनका साथ आयोजक वीरेन्द्रनगर क्रिकेट क्लब पथरीशनिश्चरेमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ। खतिवडाले निखारिएको बलिङ गर्दै एक्लैले चार विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा राजघाट क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै आयोजकले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

 

राजघाटले दिएको ९६ रनको मध्यम लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको वीरेन्द्रनगरले १६ दशमलब ५ ओभरमा ८ विकेट गुमाउदै जीत हात पार्यो। वीरेन्द्रनगरको जितमा कप्तान अनिस लुईटेलले २०, विवेक कोईरालाले १६ र चेतन खतिवडाले अविजिवत ११ रन बनाए।

राजघाटका सुजित लिम्बु र अमित राईले समान २÷२ विकेट लिएपनि हार टार्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजघाट १८ दशमलब १ ओभरमा ९५ रन बनाउँदै अल आउट भएको थियो।

राजघाटका लागि प्रेम खड्काले ३० र सुन्दर राईले २० रन बनाए । वीरेन्द्रनगरका खतिवडाले ४ तथा सुमन भण्डारीले ३ विकेट लिए।

खेलको म्यान अफ द म्याच अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्रनगर क्रिकेट क्लबका चेतन खतिवडा घोषित भए। प्रतियोगिता अन्तर्गत मंगलबारको खेल धाईजन क्रिकेट क्लब झापा र योङ ब्वाईज पथरी विच हुने आयोजकले जनाएको छ।

यसमा तपाईको मत