सप्तरीको बाढीपीडितलाई तत्काल क्षतिपूर्ति दिन प्रमको निर्देशन
0
Shares

0

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन क्षतिबाट पीडित भएकाहरुलाई तत्काल क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले बिहीबार सप्तरीको स्थानीय प्रशासनलाई बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिका-१५ मा केही घरहरु ढुवानमा परेका छन्।

प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढीको पूर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्ती स्थानान्तरण गर्न पनि निर्देशन दिएका छन्। रासस

यसमा तपाईको मत