सहयोगका लागि रनवे परेड
0
Shares

0

काठमाडौं : ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचार सहयोगार्थ शनिबार सा“झ दरबारमार्गस्थित क्लब डेजाभुमा रनवे परेड–२०७४ नामक फेसन सो आयोजना गरिएको छ ।

मोडेल एवं अभिनेता यशराज गराचको कोरियोग्राफीमा भएको सोमा फेसन डिजाइनहरू राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा र कमल मानन्धरले तयार पारेका पहिरनलाई १६ जना महिला तथा ११ जना पुरुष मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

फेसन सोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओसिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बाँस्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल-२०१७ अक्षय रायमाझीलगायतले सोस्टपरका रूपमा र्‍याम्प नापेका थिए । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको फेसन सोमा गायक कमल खत्रीले गीत एवं विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाईको मत