सिङ्गापुरमा महिला मात्रै राष्ट्रपतिका लागि योग्य !
0
Shares

0

सिङ्गापुर : सिङ्गापुरको राष्ट्रपतीय निर्वाचन आयोगले एक जना उम्मेदवारलाई मात्रै योग्य ठहरयाएको छ ।
निर्वाचन विभागले सोमबार दिएको जानकारी अनुसार पुर्व सभामुख हालिमाह याकोबको उम्मेदवारी मात्रै राष्ट्रपतिका लागि योग्य देखिएको छ।
उनलाई निर्वाचन विभागमै योग्यताको प्रमाणपत्र दिइएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनको मात्रै उम्मेदवारी योग्य भएकाले अव उनलाई नै सिङ्गापुरको राष्ट्रपति घोषणा गरिने पनि आयोगले जनाएको छ ।
उनी सिङ्गापुरको आठौं राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बन्नेछिन । राष्ट्रपतिमा उम्मेदवारी दिने समय बुधबार दिउसो सकिने छ । 

सिङ्गापुरको राष्ट्रपतीय निर्वाचन २०१७ का लागि उम्मेदवार हुन मालाई समुदायको हुनु पर्ने र उनीहरूले स्वीकृत गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
उम्मेदवारीका लागि पाँच जनाले निवेदन दिएका थिए । ती मध्ये तीन जना मात्रै मालाई समुदायका भएको घोषणा गरिएको थियो । तर उम्मेदवारहरूको योग्यता मापन गर्दा याकोब मात्रै योग्य देखिएको अधिकारीहरुले बताएका छन् । उनले आगामी बुधबार (सेप्टेम्बर १३) राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नेछिन । रासस/सिन्ह्वा

यसमा तपाईको मत