हङकङविरुद्ध व्याटिङ गर्दै नेपाल(लाइभ)
0
Shares

0

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । खेल हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा बिहानबाट सुरू भएको हो ।

नेपालले अहिले हङकङ विरुद्ध व्याटिङ गरिरहेको छ । हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याइ रहेको नेपालले मध्यम व्याटिङ गरिरहेको छ । १९ ओभरको समाप्तिमा नोपलले ४ विकेट गुमाएर ६९ रन बनाएको छ । ओपनर सागर पुन ३ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । दिपेन्द्रसिंह एेरी ४ रनमा पेभिलियन फर्किए । पारस खड्का २६ रनमा अाउट भए । 

हाल क्रिजमा कप्तान अारिफ शेख र सोमपाल कामी व्याटिङ गरिरहेका छन् ।  नेपालले टस जितेर व्याटिङ रोजेपछि  व्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । 

लाइभ

 

यसमा तपाईको मत