हुवावे नोभा टु आईमा ‘फेस अनलक’ र ‘एआर लेन्स’
0
Shares

0

काठमाडौं : मोबाइलको विश्वबजारमा अब्बल समार्टफोनको रूपमा उदाएको हुवावेले नयाँ उत्पादनको रूपमा केहि समयअघि मात्रै नेपाली बजारमा ‘नोभा टु आई’ सार्वजनिक गर्‍यो।

चारवटा क्यामरा(रियर फेसिङ क्यामरामा १६/२ र १३/२ एमपी प्रिमियम सेल्फी क्यामरा) भएको नेपालमै पहिलो स्मार्टफोनको रूपमा भित्रिएको नोभा टु आईमा प्रयोग भएको क्यामरा, प्रविधि र यसको बनावटले प्रयोगकर्तालाई अकर्षित गरेको छ। त्यसैले नेपाली बजारमा भित्रिएको छोटो समयमै नोभा टु आई कम्पनीकै सबैभन्दा सफल स्मार्टफोनको रूपमा स्थापित भएको छ।

स्मार्टफोनले नेपाली बजारमा पाएको सफलतासँगै प्रयोगकर्तालाई थप नयाँ सुविधनका साथै नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ नोभा टु आईको सिस्टम अपग्रेड गर्न सकिने बनाएको छ।

नोभा टु आईको सिस्टम अपग्रेड सँगसँगै त्यसमा नयाँ फिचर पनि थपिएका छन्। कम्पनीका अनुसार सिस्टम अपग्रेड भएसँगै त्यसमा नयाँ फिचरको रूपमा ‘फेस अनलक’ र ‘एआर लेन्स’ थपिएको छ। यी दुबै स्मार्टफोनको दुनियाँमा पछिल्लोसमय सबैभन्दा बढी रुचाइएको फिचर पनि हो।

सिस्टम अपग्रेड सँगै थपिएको नयाँ फिचर ‘फेस अनलक’ आईफोन एक्सको भन्दा पनि सहज र बढी प्रभावकारी रहेको कम्पनीले दावी छ। कम्पनीका अनुसार स्मार्टफोनमा थपिएका नयाँ फिचरले बजारमा प्रतिसपर्धी उत्पादनलाई पछि पार्ने छ। पहिलो पटक सार्वजनिक गर्दै कम्पनीले विश्व बजारमै इनोभेसन र प्रविधिको उच्चतम प्रयोग भएको नयाँ प्रोडक्ट रूपमा यसलाई सार्वजनिक गरेको थियो।

३३ हजार नौ सय रूपैंयामा नेपाली बजारमा सार्वजनिक गरेको नोभा टु आईले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभुती प्रदान गर्न सफल भएको थियो। अझ नयाँ फिचर थपिएसँगै प्रयोगकर्ता यसबाट बढी लाभान्वित हुनेछन्।

नयाँ फिचरको रूपमा आएको ‘फेस अनलक’ ले फोनलाई सहज रूपमा खोल्न मद्धत गर्नेछ। फोनमा प्रयोग भएको फ्रन्ट क्यामराको मद्धतले प्रयोगकर्ताले आफ्नो स्मार्टफोन मिलिसेकेन्डमै खोल्न सक्नेछन्।

‘फेस अनलक’ सिस्टमले मिलिसेकेन्डमै प्रयोगकर्ताको फेसलाई पहिचान गरी फोन अनलक गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सुविधिका आइफोन एक्समा भएको फेस अनलक सिस्टम भन्दा सहज हो। आइफोन एक्समा फेस पहिचान भएपश्चात स्क्रिनलाई स्लाइड गर्नुपर्ने सिस्टम रहेको छ। तर, नोभा टु आईमा कम्पनीले स्क्रिनलाई स्लाइड गरेर अथवा डाइरेक्ट खोल्न मिल्ने गरि दुई अप्सन उपलब्ध गराएको छ।

साथै, फेस अनलक सेक्युरिटी सिस्टममा कम्पनीले ‘इन्टीलिजेन्ट नोटिफिकेशन डिस्प्ले’ अर्थात ‘स्मार्ट लक स्क्रिन नोटिफिकेसन’ सुविधा पनि उपलब्ध गराएको छ। स्मार्ट लक स्क्रिन नोटिफिकेसनले प्रयोगकर्ताको अनुहार पहिचान नहुन् जेलसम्म मोवाइलमा आएका नोटिफिकेसनलाई हाईड अर्थात लुकाएर राख्नेछ।

यो सिस्टमले यदि स्मार्टफोन प्रयोगकर्ता आफै हो भने स्मार्ट लक स्क्रिन नोटिफिकेसनले नोटिफिकेसन देखाउँछ, तर यदि प्रयोगकर्ता अरू कोही हो भने स्मार्टफोनको स्क्रिनमा आएको नोटिफिकेसनलाई हाइड गराइ अरूले हेर्न नमिल्ने बनाउने छ। यसले अरू कसैको हातमा स्मार्टफोन पर्‍यो भनेपनि मोबाइलमा आएका म्यासेज लगाएतका कतिपय सुचानालाई अरूबाट सुरक्षित राख्न मद्धत गर्नेछ।

यसका साथै नोभा टु आईको सिस्टमा अपगे्रड भएसँगै नयाँ सुविधाकोरूपमा अर्को एआर लेन्स सेल्फी थप भएको छ। चार वटा क्यामरा रहेको फोनमा थपिएको नयाँ एआर लेन्सले सेल्फी फोटोमा नयाँ आयाम थप गरेको छ। कम्पनीले सेल्फी क्यामरामा थप गरेको नयाँ एआर लेन्सको सहायताले प्रयोगकर्ताले आफूले चाहे अनुसारको विभन्न क्रियटिभ सेल्फी लिन सक्नेछन्।

प्रयोगकर्ताले यो लेन्सको प्रयोग गरी फोटो खिच्दा अनुहारमा बिभिन्न इफेक्ट प्रयोग गर्न सक्नेछन्। यसको प्रयोग पछिल्लो समय फेसबुक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा अपलोड भएका फोटोमा धेरै देखिन्छ। यसका साथै एआर लेन्स प्रयोग गरी फोटो लिदाँ प्रयोगकर्ताले ब्याकग्राउन्ड समेत छान्ने अवसर पाउनेछन्। आफ्नो फोटोको पछाडीको भाग कस्तो बनाउने भन्ने कुराको निर्धारण प्रयोगकर्ता आफैले गर्न पाउनेछन्। त्यसमा कम्पनीले बिभिन्न आकर्षण स्थानका साथै विभिन्न डाइनाकिम ब्याकग्राउन्ड उपलब्ध गराएको छ।

यो सुविधका लागि प्रयोगकर्ताले आफ्नो नोभा टु आईको सिस्टमलाई अपग्रेड गरी प्रयोगमा ल्याउन सक्नेछन्।

सिस्टम अपग्रेड गर्ने तरिका

स्टेप १ : सेटिङ – स्टिम अपग्रेड

स्टेप २ : फोनको दायाँ कुनमा रहेको तीन थोप्लो भएको बटनमा गएर फुल प्याकेज डाउनलोड गर्ने

फेस अनलक प्रयोग गर्ने तरिका

फेस अनलक सुविधा प्रयोगका लागि प्रयोगकर्ताले सुरुमा माथि उल्लेखित रूपमा आफ्नो फोनको स्टिमलाई अपग्रेड गर्नुपर्नेछ। स्टिम अपग्रेड भएसँगै सेटिङमा फेस अनलक सुविधा देखिने छ। फेस अनलकमा क्लिक गरे पश्चात त्यहाँ तपाइलाई अप्सनको रूपमा प्रयोग गर्न मिल्ने गरि ‘पासवर्ड’ माग्नेछ। आफूलाई उपयुक्त पासवर्ड दिएपश्चात फेस अनलकका लागि ‘कन्टीन्यु’ अप्सन आउनेछ।

कन्टीन्यु अप्सनमा क्लिक गर्ने बित्तिकै तपाईले त्यहाँ गोलो आकारको क्यामरा खुलेको पाउने हुनेछ। त्यो क्यामराले तपाईको फेसलाई रिड अर्थात क्यापचर गरि सेभ गर्नेछ। त्यसैलाई फेस अनलक सिस्टमले पछि तपाइको स्मार्टफोन खोल्ने पासवर्डको रूपमा प्रयोग गर्नेछ। त्यसपश्चात तपाइलाई अनलक गर्दा स्क्रिनलाई स्लाइड गर्ने अथवा डाइरेक्ट खोल्ने भनि अप्सन आउने छ। त्यसबाट कुनै एक अप्सन छनोट गरि तपाई बाहिर निस्किन सक्नु हुनेछ।

एआर लेन्स प्रयोग गर्ने तरिका

सिस्टम अपग्रेड भएसँगै नयाँ फिचरको रूपमा आएको एआर लेन्स प्रयोगका लागि तपाइले क्यामरा खोल्नु पर्ने हुन्छ। यो फिचर सेल्फी क्यामरामा पनि प्रयोग गर्न सकिने छ। सेल्फी क्यामरा खोली क्यामरा अप्सनका लागि तपाइले स्मार्टफोनको बाँयाबाट दायाँ तर्फ स्क्रिनलाई सार्नु पर्नेछ। त्यहाँ नयाँ फिचरको रूपमा आएको एआर लेन्स अप्सन रहेको छ।

एआर लेन्स अप्सन सेलेक्ट गरेपश्चात क्यामरामा तल्लो भागमा ‘एआ’ देखाउने छ। एआरमा क्लिक गरे पश्चात तपाईले त्यहाँ इफेक्ट र ब्याकग्राउण्ड दुई अप्सन पाउनु हुनेछ। जसको प्रयोग गरि तपाईले आफुले चाहेको जस्तै इफेक्ट र ब्याकग्राउण्ड प्रयोग गरि सेल्फी फोटो खिच्न सक्नु हुनेछ।

एआर लेन्स प्रयोग गरी खिचिएको तस्बिर

नोभा २–आइ फिचर्स

स्क्रिन : ५.९ इन्च आइपीएस एलसीडी(१०८० गुणा २१६० पिक्सल)
प्रोसेसर : ८ कोर हाईसिलिकन किरिन ६५९ अक्टाकोर
र्‍याम : ४ जीबी
रोम : ६४ जीबी
एन्ड्रोएड : एन्ड्रोएड नुगट ७.००
क्यामरा : ब्याक १६/२ र फ्रन्ट १३/२ मेगापिक्सल
ब्याट्रि : ३३४० एमएएच
मुल्य : ३३,९००

 

 

 

यसमा तपाईको मत